परिचय
वनस्रोत एक महत्वपूर्ण खुल्ला तथा साझा प्राकृतिक सम्पदा हो । नेपालको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधारस्तम्भ पनि वन नै हो । वन क्षेत्रको संरक्षण, सम्वर्द्धन र सदुपयोगको लागि वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार ५ वटा क्षेत्रीय वन निर्देशनालय र ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति निर्माण भयो ।
विकेन्द्रीकरण ऐन, २०३९ लागु हुनु पूर्व यस जिल्लाको वन क्षेत्रको संरक्षण, सम्वर्द्धन तथा सदुपयोग वीरगंज डिभिजन वन कार्यालयबाट हुने गर्दथ्यो । वि.सं. २०४० सालमा पर्सा जिल्लामा जिल्ला वन कार्यालयको स्थापना भयो । देशमा संघीय संरचना लागू भए पश्चात २०७४/०४/०१ देखि यस कार्यालयको नाम डिभिजन वन कार्यालय, पर्सा रहन गएको हो ।
पर्सा जिल्लामा वनको कूल क्षेत्रफल ७३,२५० हेक्टर भएता पनि ११,५२७.४७ हेक्टर मात्र डिभिजन वन कार्यालयको कार्य क्षेत्र भित्र पर्दछ, अन्य भाग चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको कार्यक्षेत्रमा पर्दछ ।

