कार्य विवरण
डिभिजन वन कार्यालयको कार्य जिम्मेवारीहरू
वन अतिक्रमण, डढेलो, अवैध कटान तथा वन पैदावारहरुको चोरी निकासी र वन्यजन्तु शिकारीको रोकथाम तथा नियन्त्रण गरी वन संरक्षण गर्ने ।
काठ, दाउरा, जडिबुटी लगायत अन्य वन पैदावारहरुको संकलन, ओसार पसार तथा सदुपयोगलाई नियमन गर्ने ।
पुनरुत्पादन प्रवर्द्धन, झाडी सफाइ, पत्ल्याउने, हाँगा छटनी आदि जस्ता वन सम्वद्र्धन कार्यहरु गर्ने गराउने ।
वन क्षेत्रको उत्पादकत्व र उत्पादन अभिवृद्धिको लागि दीगो एवं वैज्ञानिक वन व्यवस्थापनका स्वीकृत कार्ययोजनाहरुको कार्यान्वयन गर्ने ।
सामुदायिक वन उपभोक्ता समूहहरुलाई वन व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग गर्ने ।
वन विकास सम्बन्धि डिभिजनस्तरीय योजना तर्जुमा एवं कार्यान्वयन गर्ने ।
निजी वन र कृषि वन वाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालाहरुलाई आवश्यक प्राविधिक सुझाव सल्लाह दिने ।
सर्वसाधारणको लागि वन सम्पदा सम्बन्धि जानकारी उपलब्ध गराउने ।
वन नीति तथा कानून बमोजिम यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गतको वनको समुदायमा आधारित वन व्यवस्थापन प्रणालीको माध्यमद्वारा दीगो व्यवस्थापन गर्ने गराउने ।
काष्ठ तथा गैरकाष्ठ वन पैदावारहरुको वृक्षरोपण तथा खेती विस्तार प्रवर्द्धन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने ।
वातावरण तथा जैविक विविधता संरक्षण र भू-संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धि कार्यहरु गर्ने ।
वन पैदादारको आपूर्ति र वातावरणीय सेवाको प्रवाहलाई सहजिकरण गर्ने ।
जिल्ला स्तरीय सरकारी र गैरसरकारी संघसंस्था, स्थानीय तह एवं अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु सम्पादन गर्ने ।
वन नर्सरी स्थापना, संचालन, विरुवा उत्पादन तथा वृक्षरोपण जस्ता वन विकासका कार्यहरुको लागि प्राविधिक सहयोग गर्ने ।
वन संरक्षण, विकास र सदुपयोगका कार्यहरुद्वारा रोजगारी तथा आयआर्जनका अवसरहरु सृजना गर्ने ।
वन तथा वातावरण संरक्षण, भू-संरक्षण तथा जलाधार व्यवस्थापन, दीगो वन व्यवस्थापन र वन उद्यम तथा पर्यापर्यटन प्रवर्द्धन एवं हरित रोजगारी सृजना सम्बन्धि नीति तथा कानून निर्माणको लागि स्थलगत अभ्यासमा आधारित पृष्ठपोषण गर्ने ।
वन, जैविक विविधता तथा जलाधार सम्पदाबाट प्राप्त लाभको न्यायोचित वितरणको लागि सहजिकरण गर्ने ।
वन क्षेत्रमा सुशासन कायम गर्ने ।

